असोज २९ काठमाण्डौं । काठमाण्डौं उपत्यकामा १९ सय ३५ जना संक्रमित थपिएका छन् । यो देशभर संक्रमित मध्य आधा भन्दा बढी हो । आज काठमाण्डौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना रहेका छन् । देशभर संक्रमित मध्य ५० प्रतिशत भन्दा बढी उपत्यकामा मात्रै रहेका छन् । उपत्यकामा पनि काठमाण्डौ सबै भन्दा बढी संक्रमण भएको जिल्ला रहेको छ ।
नेपालमा आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । १६५९८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् । होम आईसोलेसनमा २४,१९४ रहेका छन् । आज ३५६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ जना रहेका छन् । क्वारेन्टीनमा ४ हजार ८२५ जना रहेका छन् ।