नयाँ बजारमा घरमै पड्कियो ग्याँस सिलिण्डर , ११ जना घाईते

नयाँ बजारमा घरमै पड्कियो ग्याँस सिलिण्डर , ११ जना घाईते

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

असोज २९ काठमाण्डौं । काठमाण्डौंको नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । सिलिण्डर पड्किएर आगलागी हुँदा ११ जना घाईते भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित नीलकुमारी क्षेत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको थियो ।
नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको प्रहरीले अनुमान गरेको छ । घटनामा घाईते भएकाहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उपचाररत रहेका मध्य २ जनाको अवस्था गंभीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ