उपत्यकामा आज हिजोको भन्दा केही घटे संक्रमित

उपत्यकामा आज हिजोको भन्दा केही घटे संक्रमित

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

असोज २८ काठमाण्डौं । आज काठमाण्डौं उपत्यकामा हिजोको तुलनामा कम संक्रमित थपिएका छन् । आज हिजोको भन्दा करीब ७ सय कम संक्रमित थपिएका हुन् । आज जम्मा १ हजार ४०३ जना संक्रमित थपिएका छन् । आज काठमाण्डौ जिल्लामा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ संक्रमित थपिएका हुन् । यति नै भए पनि देशभर संक्रमित मध्य झण्डै ६० प्रतिशत उपत्यकामा मात्रै थपिएका छन् ।
उपत्यकामै संक्रमितले आईसोलेसन र अस्पतालमा उपचार पाउन कठिन हुदै गएको छ ।
नेपालमा आज २६३८ जना संक्रमित थपिएका छन् । यो हिजोको भन्दा झण्डै एक हजारले कमी हो । १३९४७ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३६७ पुगेको छ । संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् ।
होम आईसोलेसनमा २१५४८ रहेका छन् । आज २१७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ