नेपालले चीनको ईशारामा सीमा मुद्धा उठाएको भनेर विवादीत अभिव्यक्ति दिएका भारतीय सेनापति नेपाल भ्रमणमा आउदै

नेपालले चीनको ईशारामा सीमा मुद्धा उठाएको भनेर विवादीत अभिव्यक्ति दिएका भारतीय सेनापति नेपाल भ्रमणमा आउदै

नेपालले मानार्थ सेनापतिको उपाधी दिने

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

असोज १८ काठमाण्डौं । नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुराको मुद्धा चीनको ईशारामा उठाएको भन्दै विवादीत अभिव्यक्ति दिएका भारतीय सेनापति मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् ।
प्रधानमन्त्री ओलीको निर्देशनमा परराष्ट्र मन्त्रालयको पहल पछि नरवाणे नेपालको तीत दिने भ्रमणमा आउन लागेका हुन् ।
नरवाणे कात्तिक १८ र १९ गते काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागी भएपछि मुस्ताङ पनि जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । कार्तिक २१ गते उनी भारत फर्कने छन् । उनलाई नेपालको मानार्थ सेनापतिको उपाधी समेत राष्ट्रपतिबाट प्रदान हुने छ ।
नेपालको सेनापतिलाई भारतले र भारतको सेनापतिलाई नेपालले मानार्थ सेनापतिको उपाधी दिदै आएका छन् ।
चीनसगँ सीमामा तनाव बढीरहेको र नेपालको समेत सीमा विवाद भारसगँ बढेका बेला भारतीय सेनापति आउनुले कुटनीतिक तथा राजनीतिक दुवै सन्देश दिनेछ । यसमा खास गरी नेपाली भूभाग अतिक्रमण गरेर बसेको भारतीय फौज हटाउनु पर्ने नेपाली जनस्तरबाट माग भए पनि भारतले त्यो सुनुवाई गरेको छैन र सरकारले पनि पर्याप्त कुटनीतिक पहल गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ