उद्योग मन्त्री भन्छन् मुल्यवृद्धि भएको छैन, तर बजारमा हरेक चीज महंगो छ कसरी !

उद्योग मन्त्री भन्छन् मुल्यवृद्धि भएको छैन, तर बजारमा हरेक चीज महंगो छ कसरी !

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

असोज २८ काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दावी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताए । उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा खाद्यान्नलगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नियन्त्रण गर्न सरकारले निरन्तर बजार अनुगमन गरीरहेको बताए ।
मन्त्री भट्टले यसो भनिरहदाँ बजारमा दैनिक उपभोग्य बस्तु खास गरी तरकारीको मुल्य निकै आकाशिएको छ । टमाटर, प्याज, आलु जस्ता तरकारीजन्य वस्तु महंगो भएको उपभोक्ताहरुको गुनासो छ ।
निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको क्षमता र दक्षता अभिवृद्धि गर्ने तथा खुला अर्थतन्त्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ