असोज २८ मोन्टेभिडियो । सन् २०२२ को विश्वकप छनौटमा बाजिल र अर्जेन्टिना बिजयी भएका छन् ।
अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्यो ।
ब्राजिलले नेयमारको ह्याट्रीकको मद्धतमा पेरुले अग्रता लिएको स्थितिलाई उल्ट्याउदै जीत निकाल्यो ।
पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता दिलाए । त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गरे ।
नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा गर्न सफल भएका थिए । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline