रौतहट २७ गते। विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नं २ प्रदेश कार्यालय उद्घघाटन गरिएको छ । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली कॉंग्रेस प्रदेश दुई का सभापतिका दावेदार कृष्णा यादब ले नेपाली कॉंग्रेस पार्टीमा युबा र महिलाहरुले आफ्नो भुमिका बढाउन आवश्यक भएको बताए । यो कार्यमा बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसी आफ्नो महत्व पूर्ण खेल्नेमा आफू विश्वस्त रहेको बाताए ।
साथै अहिलेको कम्युनिस्ट सरकार जनताको स्वास्थ्य सँग खेलवाड गरेर स्वास्थ्य मन्त्रालयको प्रवक्ता बेहोस हुन लागेमा मात्र अस्पताल जानु भनेर दिएको अभिव्यक्तिवाट स्पष्ट हुने उनले बताए। उक्त कार्यक्रम मा पूरब सांसद जितेन्द्र यादवले कम्युनिष्टहरुले शक्तिको दुरुपयोग गरेको भन्दै अर्को चुनावमा कॉंग्रेसले दुई तिहाइ बहुमत पाउने दावी गरे ।
सो कार्यक्रममा प्रदेश दुई का सम्पूर्ण पदाधीकारी लाइ फूल माला र दोसल्ला ओढाई शुभकामना दिएका थिए। कार्यक्रम मा स्वागत मन्तव्य सस्था केन्द्रीय सदस्य विजेता झा ले राखेका थिए । कार्यक्रममा नेपाली कॉंग्रेस रौतहटका उप सभापति सुनिल कुमार यादव, बिकाश तिवारी, राहुल गुप्ता, रीता रीजाल, रमेश यादव, अजय कर्ण, जिल्ला सचिव हृदय नारायण यादबलगायत नेता कार्यकर्ता को भव्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाइ समापन गर्ने क्रम मा कार्यक्रमका सभापति फिरोज आलमले यस सस्था मार्फत कॉंग्रेस लाई युबामय बनाउने आफूहरुको लक्ष्य रहेको बताए ।
