आज उपत्यकामा दुई हजार एक सय २९ जना संक्रमित थपिए

आज उपत्यकामा दुई हजार एक सय २९ जना संक्रमित थपिए

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

असोज २७ काठमाण्डौं । देशकै सबै भन्दा ठुलो कोरोनाको हटस्पट बनेको राजधानी काठमाण्डौं उपत्यकामा आज पनि दुई हजार माथि संक्रमित थपिएका छन् । आज उपत्यकामा २ हजार एक सय २९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज काठमाण्डौमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना रहेका छन् । यो देशभर थपिएका संक्रमितको ६० प्रतिशत हाराहारी हो ।
सबै भन्दा बढी जनघनत्व रहेको उपत्यकामा दिन दिनै बढेको कोरोना संक्रमणका कारण पुनः लकडाउन र नाका सील गर्नु पर्ने माग बढुदै गएको छ ।
नेपालमा आज ३५५६ जना संक्रमित थपिएका छन् । १५५७७ जनामा गरिएको परीक्षणका क्रममा ३५५६ जना संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना रहेका छन् ।
आज १५ सय ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ