जग्गा किन्ने भन्दै बोलाएर लुटपाट पछि हत्या गरेको घटनाका मुख्य अभियुक्त सहित तीन जना प्रहरीको नियन्त्रणमा

जग्गा किन्ने भन्दै बोलाएर लुटपाट पछि हत्या गरेको घटनाका मुख्य अभियुक्त सहित तीन जना प्रहरीको नियन्त्रणमा

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाडौं, असोज २७ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका(८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । जग्गा हेर्न भन्दै गएका उनीहरुले बेस्सरी कुटपिट गरे पछि योञ्जन गंभीर घाईते भएका योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताए । योञ्जनको साथमा रहेको सुनको सिक्री, ब्रासलेट, मोबाईल लुटेर उनीहरु फरार भएका थिए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ