बैंगलोरले कोलकत्तालाई ५ विकेटले हरायो

बैंगलोरले कोलकत्तालाई ५ विकेटले हरायो

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एजेन्सी असोज २७। रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकाल्दा कोलकत्ता ५ विकेटले पराजीत भएको छ । आइपीएलको जारी १३औं संस्करणमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६१६ रन बनाए ।

कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।

यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहँदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौथो स्थानमा रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ