निगमका नवनियुक्त महाप्रवन्धक पौडेलले सम्हाले पदभार

निगमका नवनियुक्त महाप्रवन्धक पौडेलले सम्हाले पदभार

  • सोमवार, अशोज २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

असोज २६ काठमाण्डौं । नेपाल वायुु सेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गरेका छन् । पौडेललाई सरकारले ४ वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित पौडेल यस अघि निगम संचालक समितिको सदस्य थिए । आज आयोजित पदभार ग्रहण कार्यक्रममा संचालक समितिकाअध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे ।
नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भएपनि सरकारले विश्वास गरी नयाँजिम्मेवारी प्रदान गरेको र निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्तनहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षागर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।
नायव महाप्रवन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्तिनिगमको महाप्रवन्धकभएर आएकाले निगमले गति लिने विस्वास व्यक्त गरे ।
आधिकारिक ट्रेड युनियनकाअध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भएपनि हालको समस्याबाट पार पाउननिकै महत्वपुर्णप्रयास आवश्यक रहेको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ