असोज २६ काठमाण्डौं । नेपालमा कोरोनाबाट मृत्यु हुने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुनसरीमा ३ जना, काठमाण्डौमा ३ जना , ललितपुरमा १ जना, रुपन्देहीमा १ र चितवनका एक जना रहेका छन् । यो सगैँ देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो भनेको कुल संक्रमितको ०.५८ प्रतिशत हो ।
यसै गरी २७९ जनाको आईसियुमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
यस्तै हाल सम्म कोरोनाबाट डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
आज १४७३ जनाले कोरोना जीतेका छन् । यो भनेको कुल संक्रमितको ७० प्रतिशत भन्दा कम हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline