असोज २६, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । असोज २० गते बाँडफाँट भएको उक्त कम्पनीको आईपीओ भोलीदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
नेप्सेले पहिलो कारोबारका लागि रू १०१.७६ देखि रू ३०५ .२८ सम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । सम्बन्धित शेयरधनीहरुको डिम्याटमा यो शेयर जम्मा भईसकेको छ ।
कम्पनीको संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू ३० करोडको बराबरको १ करोड कित्ता शेयर सूचीकृत भएको हो । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू २ दशमलव २५ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline