असोज २५ काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज १४१६ जना संक्रमित थपिएका छन् । काठमाण्डौमा ११४५, भक्तपुरमा ११०, ललितपुरमा १६१ जना रहेका छन् ।
उपत्यकामा हिजोको तुलनामा आज केही कम संक्रमित देखिएका छन् ।
देशभर संक्रमित मध्य ६० प्रतिशत बढी काठमाण्डौं उपत्यकामा मात्रै देखा परेका छन् ।
नेपालमा आज मात्रै २०७१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२,४२७ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।
यस मध्य अब ३१३१५ सक्रिय संक्रमित रहेका छन् । जस मध्य जना संस्थागत आईसोलेसनमा १३६४९ रहेका छन् । होम आईसोलेसनमा १६६६१ जना रहेका छन् ।
आज १५५२ कोरोनामुक्त भएर जना डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या ७५८०४ पुगेको छ ।