श्रीमतिलाई मारेर लुकीछिपी बसेका गिरी प्रहरीको फन्दामा

श्रीमतिलाई मारेर लुकीछिपी बसेका गिरी प्रहरीको फन्दामा

  • आइतवार, अशोज २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

खोटाङ,असोज २५ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्याक्ती व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए ।

आफ्नै घरमा बसिरहेको अवस्थामा विहानी पख उनिहरु विच घरायसी विषयमा सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनि गम्भीर घाईते भएकी थिईन । घाईते ज्ञान कुमारीलाई थप उपचारको लागी गाडीमा काठमाण्डौ लैजादै उर्दा सोहि दिन दिउसो सवा २ बजे उनको बाटोमै मृत्यु भएको थियो ।

यता श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई हिजो विहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनि उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ