असोज २२ काठमाण्डौं । काठमाण्डौं उपत्यका कोरोनाको गंभीर संकटतर्फ अघि बढेको छ । आज उपत्यकामा अहिले सम्मकै सबै भन्दा धेरै २५१० संक्रमित फेला परेका छन् । जस मध्य काठमाण्डौमा मात्रै २०८५ संक्रमित भेटिएका छन् भने लतिलपुरमा ३२० र भक्तपुरमा १०५ जना रहेका छन् । उपत्यकामा संक्रमणको दर उच्च देखिएसगैँ एक सातामै दश हजार भन्दा बढी संक्रमित बढेका छन् ।
राजधानीका अस्पतालहरुमा अब संक्रमितहरुको उपचार व्यवस्थापन गर्न कठिन हुन थालेको सरकारले बताएको छ ।
उपत्यकामा अहिले सम्मकै धेरै २५१० संक्रमित थपिए, काठमाण्डौमा मात्रै २०८५
असोज २२ काठमाण्डौं । काठमाण्डौं उपत्यका कोरोनाको गंभीर संकटतर्फ अघि बढेको छ । आज उपत्यकामा अहिले सम्मकै सबै भन्दा धेरै २५१० संक्रमित फेला परेका छन् । जस मध्य काठमाण्डौमा मात्रै २०८५ संक्रमित भेटिएका छन् भने लतिलपुरमा ३२० र भक्तपुरमा १०५ जना रहेका छन् । उपत्यकामा संक्रमणको दर उच्च देखिएसगैँ एक सातामै दश हजार भन्दा बढी संक्रमित बढेका छन् ।
राजधानीका अस्पतालहरुमा अब संक्रमितहरुको उपचार व्यवस्थापन गर्न कठिन हुन थालेको सरकारले बताएको छ ।
नेपालमा आज ३४३९संक्रमित थपिएका छन् । देशभर १८४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ संक्रमितको संख्या ९७६९२ पुगेको छ । यही दरमा संक्रमित थपिए अबको २४ घण्टामा नेपालमा संक्रमितको संख्या एक लाख पुग्ने देखिएको छ ।
नेपालमा २६६८४ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आईसोलेसनमा ११७१७ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । आज २६७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।