किरियापुत्री भवन निर्माण

किरियापुत्री भवन निर्माण

  • बिहिबार, अशोज २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.8K
    SHARES

पोखरा , २२ असोज ।
पोखरा महानगरपालिका वडा नं ३३ बागमारामा बढ्दो शहरीकरणलाई लक्षित गरी महाकाली टोल विकास संस्थाको विशेष सक्रियतामा किरियापुत्री भवन निर्माण गरिएको छ ।

बढ्दो बजारीकरणसँगै वर्षेनी बस्ती विकासका क्रमले गति लिएको बागमारामा मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्याउने लक्ष्यका साथ किरियापुत्री भवन निर्माण गरिएको हो ।

बागमाराको रात्ले पाखामा हरिप्रसाद गौतमको परिवारले भोगचलन गर्दै आएको लगभग चार आना जग्गा किरियापुत्री भवन निर्माणका लागि टोल विकास संस्थालाई सहयोग गरिएको किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कूल रु तीन लाख १५ हजारको लागतमा निर्मित भवनमा ट्रष्टसहित एक कोठा, स्नानगृह र शौचालय रहेको छ । “बजारीकरणसँगै विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति बागमारामा भाडामा बस्नेक्रम पनि दिनानुदिन बढिरहेको छ”, उहाँले भन्नुभयो, “भाडामा बस्दै आएका व्यक्तिलाई परिवारका कोही सदस्यको निधन भएका अवस्थामा काजकिरिया कहाँ बसेर गर्ने भन्ने समस्यामा पनि किरियापुत्री भवन सहयोगी बन्ने विश्वास लिएका छौँ ।”

भवनमा पानीको व्यवस्थापनलगायतका आवश्यक कुरा मिलाइएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि महानगरपालिकाबाट रु ६० हजार, महाकाली टोल विकास संस्थाबाट रु ५० हजार, तोरीचौर आमा समूहबाट रु ११ हजार, महाकाली मन्दिर कोष र रात्ले खानेपानी उपभोक्ता समितिबाट रु १०/१० हजार, तोरीचौर सामुदायिक वन उपभोक्ता समूहबाट रु पाँच हजार सहयोगका साथै स्थानीय जनसहभागिता रहेको निर्माण समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ