असोज २१ काठमाण्डौं । काठमाण्डौं उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । आज उपत्यकामा १६८४ जना संक्रमित थपिएका छन् । यो देशभरी संक्रमित मध्य करीब आधा हो । आज काठमाण्डौमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज फेरी अहिले सम्मकै धेरै एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । यो हाल सम्मकै सबै भन्दा उच्च हो । हिजो केही कम देखिएका संक्रमितको संख्या आज पुनः ह्वात्तै बढेको हो । यो सगैँ कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज १४ हजार २०९ जनामा गरिएको परीक्षणमा ३४३९ जना संक्रमित फेला परेका हुन् । सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् ।
त्यस मध्य १० हजार बढी संस्थागत आईसोलेसनमा छन् भने १५ हजार जति होम आईसोलेसनमा रहेका छन् । आज कोरोना जीतेर ११ सय बढी डिस्चार्ज भएका छन् । देशभरबाट ६८ हजार ६ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।