एजेन्सी ।
यूएइीमा जारी इन्डीयन प्रिमियर लिग९आइपीएल० क्रिकेटको १३औँ संस्करणमा साविक विजेता मुम्बई इण्डियन्स र्शीष स्थानमा अक्लिएको छ।
मंगलबार राति राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
मंगलबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए । महिपाल लोमरोरले ११ बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।
मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले मिान २-२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तैमा कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।
राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १-१ विकेट लिए ।