हत्या आरोपमा भारतीय नागरिक थुनामा

हत्या आरोपमा भारतीय नागरिक थुनामा

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सप्तरी , २० असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक नेपालीको हत्या गरेको आरोपमा भारतीय नागरिक आज थुनामा परेका छन् । नेपाली भूमिमा प्रवेश गरी डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ६५ वर्षीय रामदेव यादवको हत्या गरेको आरोपमा भारत बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम पञ्चायत करियौत–८ का १९ वर्षीय प्रदिपकुमार यादव पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतले जनाएको छ ।

अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार अदालतको आदेशमा यादव पूर्पक्षका लागि थुनामा परेका छन् । सोही ठाउँका भारतीय २० वर्षीय देवगोरा यादव र १८ वर्षीय सरोज यादवविरुद्ध पनि वारेण्ट जारी गरिएको स्रेस्तेदार मास्केले बताउनुभयो । धानबालीमा चर्दै गरेको भैंसीको हुललाई भदौ ६ गते अपरान्ह धपाउन पुगेका किसान रामदेव यादवलाई भैंसी चरवा भारतीय नागरिकहरुले लाठीले निर्घात कुटपिट गरेका थिए ।

गम्भीर घाइते रामदेवको राजविराज, विराटनगर हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका बेला भदौ २१ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताउनुभयो । मृतकका छोरा ललनकुमार यादवले दिएको कर्तव्य ज्यानको उजुरी भदौ २२ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा दर्ता भयो । घटनास्थलबाटै गाउँलेको नियन्त्रणमा परेका प्रदिपलाई भदौ १३ गते इलाका प्रहरी कार्यालय पातो हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाइएको स्थानीय ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

चोरी आरोपित थुनामा

चोरी आरोपमा सप्तरीको राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल र रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन कारागारमा थुनामा परेका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा राइन र मण्डल पूर्पक्षका लागि थुनामा परेको अदालतले जनाएको छ । अदालतले सनियाका बहिनी राजविराज–४ बस्ने ज्योति मण्डल सहनी र उनकै मदिरा पसलमा काम गर्ने समिम सलिमलाई पुर्पक्षका लागि रु ७५ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

धरौटी रकम तिर्न नसक्दा समिम भने राजविराज कारागारमा थुनामा परेको र ज्योति धरौटी राखेर पूर्पक्षका लागि तारखेमा रिहा भएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनुभयो । चोरी आरोपमा कारागारमा थुनामा परेका राइन प्रतिनिधि सभाको गत निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट उम्मेदवार थिए भने पछिल्लो संविधानसभामा समेत उम्मेदवार बनेका थिए ।

राजविराज नगरपालिका–७ हटियास्थित ओमप्रकाश साहको पसलबाट भदौ २२ गते चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेको भन्दै साहले तत्काल प्रहरीलाई खबर गरेका थिए । चोरी भएको रु तीन लाख ६० हजार र रु ५० हजारको रिचार्ज कार्डसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

महिलामाथि अभद्र व्यवहारका आरोपितहरु पक्राउ

सप्तरीकी ३५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका–६ का ३६ वर्षीय वचवा भनिने राजेश सरदार र २८ वर्षीय कोभिया सरदारलाई पक्राउ गरेको हिो । जल्ला प्रहरी कार्यालयले अभद्र व्यवहारको उजुरी दर्ता गरी आज अदालतबाट म्याद थप गरेको छ ।

घर अगाडिको गोठ घरमा सुतेका बेला मादकपदार्थ सेवन गरी आएका आरोपितहरुले मुख थुनेर यौन दुव्र्यवहार गरेको भन्दै प्रारम्भिक वयान दिएको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो । पीडितले लिखित उजुरी नदिए पनि हस्ताक्षरसहितको वयानका आधारमा उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ