प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

सुनसरी,असोज-२० । सुनसरीको इनरुवा-७ वर्छवा चोक स्थितबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी हरिनगर-७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ बर्षकै हरिशंकर सरदार रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जना उपर चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको  DIALEX-DC ८९ तल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषध सहित प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ