असोज २० काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ आज बाँडफाँड भएको छ । ८ लाख बढी आवेदन परेकामा आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको हलमा बाँडफाँड भएको हो ।गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् । त्यस्तै बाँकी पाँच लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।
जनरल ईन्स्योरेन्समा अहिले सम्मकै सबै भन्दा बढी आईपिओको आवेदन परेको थियो ।
कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
पछिल्लो समय लगानीकर्ताहरु आईपिओमा आकर्षित हुदाँ धेरैको हात खाली हुन थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline