नेपाल बैंक लिमिटेडको बिशेष साधारण सभा महामारीका समयमा अत्याधिक प्रचलनमा आएको भिडियो कन्फ्रेन्स विधिबाट सम्पन्न भएको छ । सोमबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनार मार्फत आयोजना गरिएको यस बैंकको विशेष साधारण सभा सम्पन्न भएको बैंकले जनाएको छ ।
उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बृद्धि गरी ३ कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने निर्णय भएको छ ।
साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्नेप्रस्ताव समेत साधारण सभाले पारित गरेको बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिए । नेपाल बैंक नेपालमा स्थापित सबै भन्दा पुरानो बैंक हो ।