असोज १९ काठमाण्डौं । आज काठमाण्डौं उपत्यकामा १५३१ जना संक्रमित थपिएका छन् । आज काठमाण्डौमा ११७८ ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका हुन् । देशभर संक्रमित मध्य पछिल्लो समय देनिक ६० प्रतिशत भन्दा बढी काठमाण्डौमा मात्रै संक्रमित देखिरहेका छन् । जनघनत्व अत्याधिक रहेका कारण उपत्यका कोरोना संक्रमणको उच्च जोखिमतिर अघि बढेको हो ।
यही चिन्ताका कारण सरकारले अत्यावस्यक काम बाहेक ६० वर्ष माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन अपील गरीरहेको छ भने उपत्यका नआउन पनि सर्वसाधारणलाई अपील गर्दै आएको छ ।
आज देशभर १३ हजार ७८१ जनामा गरिएको परीक्षणमा २४४० जना संक्रमित फेला परेका छन् । यो सगैँ कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य सक्रिय संक्रमित २३ हजार ५०७ जना रहेका छन् ।
आज कोरोना मुक्त हुने ११३३ जना रहेका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ रहेका छन् ।