असोज १९ काठमाण्डौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले १२ करोड ३० लाख कित्ता प्रारम्भिक साधारण शेयर आईपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले विक्री प्रवन्धक एवं शेयर रजिष्टारमा नेपालएसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले प्रति शेयर अंकितमूल्य रु. १००– (अक्षेरेपीएकसय रुपैयाँमात्र) दरकोे १२,३०,००० कित्तारु.१२,३०,००,०००– (अक्षेरेपीबाह्र करोड तिस लाखमात्र) साधारणशेयरको प्रारम्भिक सार्वजनिकनिष्काशन (आइपिओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साथै यस नेपालएसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई उक्तकम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ ।
सामलिङ्गपावर कम्पनीलिमिटेडकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोह बिच नेपालएसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्गपावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीभानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्रीप्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कम्पनीे अध्यक्ष विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धरर नेपालएसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख वित्तीयअधिकृत श्री कृष्ण सिग्देलको उपस्थिती रहेको थियो ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुपकम्पनी सामलिङ्गपावर कम्पनीलिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनीजलविद्युत ९.५१ मेगावाटको आयोजना २०२० डिसेम्बर सम्ममा निर्माण गरीसक्ने योजना रहेको छ ।