टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मोरङ,असोज १९ गते । मोरङ सुनवर्सी–२ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका थिए । घाईते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टेम्पो र टेम्पो चालक सुनवर्सी-९ डायनियाका ३८ बर्षीय मोहमद महफिललाइ नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसैबीच, सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ बर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश वेहोस भएका थिए । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ