असोज १९ विराटनगर । विराटनगर स्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले आज बिहानै ५ः३० बजेतिर हामफालेको प्रहरीले जनाएको छ । त्यस पछि उनलाई उपचार गर्ने क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको फोक्सोमा समस्या रहेको बताईएको थियो । शनिबार उनी अस्पतालमा भर्ना भएका थिए । गर्मी भयो भन्दै आईसियुबाट बाहिर निस्केका उनले अचानक हाम फालेको अस्पतालले प्रहरीले जानकारी दिएको थियो । उपचार गरीरहेका बिरामीले किन हाम फालेर आत्महत्या गर्न खोजेको एकीन भईनसकेको प्रहरीले जनाएको छ । अस्पतालले यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।
अहिले गजमेरको शबलाई पोष्टमार्टमका लागि कोशी अस्पताल लैजाने तयारी भएको छ ।