तातोपानी नाकाबाट कन्टेनर भित्रन थाले

तातोपानी नाकाबाट कन्टेनर भित्रन थाले

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असोज १९ सिन्धुपालचोक । ७२ सालको भूकम्प पछि भौतिक पुर्वाधारमा क्षतिका कारण अवरुद्ध हुदै त्यस पछि बाढी र पहिरो अनि अहिले महामारीको चपेटाका कारण बन्द रहेको चीनसगँको प्रमुख मध्य एक व्यापारीक नाका तातोपानी आजबाट सञ्चालनमा आएको छ । आजबाट नाका खुलेसगैँ सामान बोकेका कन्टेनरहरु नेपाल तर्फ प्रवेश गरेका छन् । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् ।
तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि पछिल्लो समय नाका बन्द थियो । नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ