बलात्कारको घटनामा १० लाखमा मिलापत्र गराउन आदेश दिने पञ्च र बलात्कारी प्रहरीको फन्दामा

बलात्कारको घटनामा १० लाखमा मिलापत्र गराउन आदेश दिने पञ्च र बलात्कारी प्रहरीको फन्दामा

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

सिराहामा एक बलात्कार घटनामा संलग्नहरुलाई १० लाख क्षतिपुर्ति भराएर उन्मुक्ति दिने निर्णय गर्ने पञ्चहरु पहरीको फन्दामा परेका छन् ।
यस अघि सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरकी १७ वर्षीया किशोरीमाथि चार जनाले सामुहिक बलात्कार गरेको घटनामा पञ्चायतीका नाममा मिलापत्र गर्न दबाब दिने बिरुद्ध कानुनी कार्बाही भएको थियो । यस्तो प्रकरणपछि ती युवतीले न्याय नपाएको महसुस गरी आत्महत्या गरेकी थिईन् ।

सोही प्रकृतिमा गत सोमबार सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरी छिमककै युवकबाट बलात्कारको सिकार भएकी थिईन् । चिनजानकै युवकले किशोरीलाई घरमा कोही नभएको मौका पारेर साँझ बलात्कार गरे। किशोरीले प्रतिकार गर्न खोज्दा मुखमा कपडा कोचे। पछि बिराटनगर सम्म लगेर उनको उपचार गर्नु परेको थियो ।
उनको उपचार चल्दा चल्दै पञ्चहरुको भेलाले पीडक र पीडित दुवै पक्षलाई प्रभावमा पारेर गाउँको इज्जत बाहिर जान दिनुहुन्न भन्दै मिलापत्रमा घटना टुंग्याउने निर्णय गरे । जसमा १० लाख रुपैया पीडित परिवारलाई दिने सहमति भएको थियो ।
तर यो निर्णयको सूचना प्रहरी सम्म पुगे पछि प्रहरीले कानुनी कार्बाही थाल्यो ।
त्यस पछि प्रहरीले बलात्कार गर्ने युवा सहित मिलापत्र गराउने पञ्चहरुलाई प्रहरीले शनिबार नियन्त्रणमा लियो । शनिबार पक्राउ परेका सबैलाई १५ दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
घटनाका अभियुक्त विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साह र पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका छन्।
पञ्चायती गर्ने केही काँग्रेस र जनता समाजवादीका स्थानीय नेता समेत रहेको पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ