एजेन्सी असोज १९ । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले जारी आईपिएल लिगमा दोस्रो जीत हात पारेको छ । लगातार तीन पटक पराजीत भएको चेन्नईले गएराति सम्पन्न खेलमा पञ्जावमाथि जीत हात पारेको हो ।
चेन्नईको यो दोस्रो जीत हो भने पञ्जावको चौथो हार हो । पञ्जावले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमै पुरा गर्यो । फाप डु प्लेसी र सेने वाट्सनको उत्कृष्ट व्याटीगंको मद्धतमा चेन्नईले सहज जीत निकाल्यो ।
प्लेसीले ८७ र वाटसनले ८३ रनमा अवीजीत रहदै टिमलाई जीत दिलाए । पञ्जावका बलरहरु निरीह बनेको यो खेलमा चेन्नईले १० विकेटको रोमाञ्चक जीत हात पारेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline