एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलको जारी सिजनमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेभान्टेको मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
्
जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ ।
लेभान्टे ४ खेलमा ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline