धनगढी प्रिमिएर लिगको चौथो संस्करण स्थागित

धनगढी प्रिमिएर लिगको चौथो संस्करण स्थागित

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

धनगढी , १८ असोज ।
धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करणको टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ ।
डीपीएलका आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको हो ।

चौंथो संस्करणको डीपीएल कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो ।
कोरोना महामारीका कारण आयोजना राकिएको हो । आयोजकले प्रतियोगिताको नयाँ मिति चाडै तोकिने समेत जनाएको छ ।

यस अघि प्रतियोगिता करिब ८ महिना सरेको थियो । सुरुवातमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो ।

तर, त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिताको सारिएको थियो ।

डीपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ