भक्तपुर , १८ असोज ।
भक्तपुरमा पार्किंगमा राखिएको मिनिबसभित्र १६ वर्षीया किाशोरीको सामुहिक बलात्कार भएको छ ।
१६ वर्षीया किशोरीलाइ लठ्ठिने औषधी खुवाएर सामुहिक बलात्कार भएको हो ।
सामुहिक बलात्कार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीले जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ र सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्कालाइ पक्राउ गरेका छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।
ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।
‘उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको भनेकी छन्,’ प्रहरी स्रोतले भन्यो,’हामीले बसका दुई स्टाफलाई नियन्त्रणमा लिएका छौं।’
घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।
बलात्कारीहरुले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।