वुटवलमा काँग्रेसको नेतृत्वमा निषेधाज्ञा तोडियो, राजधानी दाङ सार्ने निर्णयको विरोध

वुटवलमा काँग्रेसको नेतृत्वमा निषेधाज्ञा तोडियो, राजधानी दाङ सार्ने निर्णयको विरोध

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

असोज १८ वुटवल । वुटवलमा अस्थायी रुपमा रहेको प्रदेश नं ५ को राजधानी दाङ सार्ने प्रदेश सभामा पेश भएको प्रस्तावको बिरोध गर्दै वुटवलमा आन्दोलन चर्किएको छ । काँग्रेस सहित व्यापारी व्यवशायी र विभिन्न संघ संस्थाहरुको अगुवाईमा मानिसहरुले आज निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन् ।
आज बुटवलमा उद्योगी व्यबसायीले निशेधाज्ञा तोडेर बिरोध र्याली प्रदर्शन गरेका हुन । उद्योगी व्यबसायी तथा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध गर्ने तयारी गरेपछि सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका बिभिन्न स्थानमा निशेधाज्ञा जारी गरेको थियो ।
बिहानैदेखी बुटवलको राजमार्ग चौराहा हुँदै मिलनचोक, बसपार्क, अस्पताल लाईन देखी ट्राफिक चोकसम्म र्याली गरि कोण सभा गरिएको थियो । ठाँउ ठाँउमा टायर बालेर प्रदर्शन भएका छन् ।
आन्दोलनकारीले राजधानी वुटवललाई नै बनाउनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ