एजेन्सी असोज १७ । आइपिएल क्रिकेटको जारी सिजमा चेन्नईले फितलो प्रदर्शन कायम राखेको छ । उसले लगातार तेस्रो हार व्यहोरोको छ ।
चेन्नईलाई शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो।
पहिलो खेलमा जित निकालेको चेन्नई त्यसपछिका तीन खेलमा पराजित भइसकेको छ। जसका कारण चेन्नई २ अंकसहित अंक तालिकाको पुछारमा छ। हैदरावाद भने चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो। १६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र जोड्न सक्यो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline