पीएसजीको चोथो जित

पीएसजीको चोथो जित

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ।
शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथ ६-१ गोलान्तरले जितेको छ ।
लिग वान फुटबलमा पीएसजिले लगातार चौथो जित निकालेको हो ।
पीएसजीलाइ अग्रता दिलाउन एलेसेन्ड्रो फलोरेन्जीले सातौं मिनेटमा गोल गरेका थियो ।
नेयमारले ३६ औँ मिनेटमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै थप एक गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।
इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो ।

५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए ।
इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए ।

पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो । सिजनको सुरुवातमा दुई खेलमा पराजित बन्दै पीएसजीले लिगको खराब सुरुवात गरेको थियो ।

पीएसजीले ६ खेलबाट ४ खेलमा जित निकाल्दै १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।रेनेस ५ खेलमा अपराजित हुँदै १३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ