सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपबीच सम्झौता

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

असोज १६ काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सहजताका लागि डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरेको छ ।
यस सम्झौता अन्र्तर्गत सांग्रीला बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
चेक र एटीएमकोे विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सयुयोग श्रेष्ठले जानकारी दिए ।

सांग्रीला बैंकको देशभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको छ भने संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास कायम गरिएको सिईओ श्रेष्ठले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ