अष्ट्रेलियन कम्पनीले नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने

अष्ट्रेलियन कम्पनीले नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौं, १६ असोज । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ ।
त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपत समेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा मन्त्रालय र उक्तकम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठक समेत भएको छ ।
कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममाऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमानपुनअनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमालिएको बताउनु भयो । अष्ट्रेलियनकम्पनीले नेपालमा ठूलो लगानील्याउनखोजेकामा स्वागतगर्दै मन्त्रीपुनले त्यसकालागि नेपाल सरकारकातर्फबाट सहजीकरण गरिने स्पष्ट गर्नुभयो ।

कम्पनीकाअध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीयटोलीआगामी अक्टुबर १२ मा नेपालआउनलागेको जानकारी प्राप्तभएको भन्दै मन्त्रीपुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गर्नु भयो ।

तीनदिने नेपालबसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्रीपुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथाआपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुपअष्ट्रेलियाको १० ठूला प्रसिद्धकम्पनीमध्ये एक हो । ‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादितबिजुलीको खपतपनिआफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्रीपुनले भन्नु भयो, ‘उहाँहरु आउनु भएपछि हामीविभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्तआयोजनानिर्माणका लागिआवश्यककानूनी, नीतिगत र प्रक्रियागतविषयमा सम्झौता गर्छौं ।’ मन्त्रीपुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्रभएको चर्चा गर्दै नेपालको समग्र विकास तथाजलविद्युत क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगकालागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गर्नु भयो ।
। अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिनव्यवस्थापन र फुकोट कर्णालीजलविद्युतआयोजनाविकासकालागिप्राविधिक सहायताउपलब्ध गराएकामाउहाँले प्रशंसा गर्नु भयो । मन्त्रीपुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामीदिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गर्नु भयो ।

यस्तै राजदूत बडले आफ्नो नेपालबसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गर्नुभयो । उहाँले अष्ट्रेलिया सरकारले नेपालको विकासमागर्दै आएको सहयोगलाई आगामीदिनमा समेत निरन्तरतादिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताउनु भयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ