पूर्व राष्ट्रपति यादवद्धारा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी, स्वास्थ्य अवस्था गंभीर रहेकामा चिन्ता व्यक्त

पूर्व राष्ट्रपति यादवद्धारा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी, स्वास्थ्य अवस्था गंभीर रहेकामा चिन्ता व्यक्त

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, असोज १६ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित १९ औं पटकको सत्याग्रहमा रहेका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।
पूर्व राष्ट्रपति यादवले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उनको उपचारमा खटिएका चिकित्सकहरुसगँ समेत जानकारी लिएका थिए ।
यो जानकारी लिईसके पछि पूर्व राष्ट्रपति यादवले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गंभीर बनेकोमा चिन्ता व्यक्त गरेका थिए ।
डा. केसीले १९ औं पटक सत्याग्रह थालेको १९ दिन पुगेको छ । सरकारले माग सुनुवाई गर्ने या वार्ता गर्ने भन्दा अनसन त्याग्न आग्रह मात्र गरेको छ । जुम्लामा अनसन थालेका डा. केसीलाई काठमाण्डौ ल्याईएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ