लिभरपुललाई हराउँदै आर्सनलमा क्वार्टरफाइनलमा

लिभरपुललाई हराउँदै आर्सनलमा क्वार्टरफाइनलमा

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी ।
काराबाओ कपको जारि सिजनमा लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा निर्धातिर समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा आर्सनल ५–४ गोलअन्तरले विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने । उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए ।

चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको थियो ।
आर्सनलको हिजोको जितबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए । लिभरपुलमाथिको जीतसँगै उनले आफ्नो टोलीले एक कदम अगाडि लिएको जिकिर गरे ।

अब अन्तिम आठमा आर्सनलले म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ