मुम्बईको दोस्रो जित, किंग्स एलाभेन ४८ रनले पराजित

मुम्बईको दोस्रो जित, किंग्स एलाभेन ४८ रनले पराजित

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी ।
युएईमा जारी १३ औँ आइपीएलमा मुम्बई ईण्डियन्सले दोस्रो जित हात पारेको छ ।
मुम्बई ईण्डियन्सले किंग्स एलाभेन पञ्जावलाई ४८ रनले हराउदै मुम्बई तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको चुनौती पछ्याएको पञ्जावले ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

निकोलस पुरनले ४४,मयांक अग्रवालले २५ र कृष्णप्पा गौतमले अबिजित २२ रन बनाएपनि पञ्जावलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । कप्तान लोकेश राहुलले १७ रन जोडे ।

मुम्बईका जसप्रित बुमराह, राहुल चहार र जेम्स पिटरसनले समान २ विकेट लिए । हार्दिक पाण्डेया र ट्रेन्ट बोउल्टले समान एक विकेट लिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेट गुमाएर १ सय ९१ रनको उच्च योगफल तयार पारेको थियो ।

रोहित शर्माले सर्बाधिक ७० रन बनाएको ईनिङसमा कायरन पोलार्डले ४७ र हार्दिक पाण्डेयाले ३० रनको योगदान गरे । ईशान किशानले २८ रन बनाए ।

पञ्जावका सेल्ड्रोन कोटरेल, महम्मद सामी र कृष्णप्पा गौतमले समान एक विकेट लिए ।

आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स(सिएसके) र सनराईजर्स हैदरावादबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ