लेवान्डोस्कीलाई २०१९/२० सिजनको ‘प्लेयर अफ दि इयर’ अवार्ड

लेवान्डोस्कीलाई २०१९/२० सिजनको ‘प्लेयर अफ दि इयर’ अवार्ड

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी ।
जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २०१९/२० सिजनको ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

बायर्नका स्ट्राइकर लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो ।

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो ।

गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए ।

लेवान्डोस्कीले ‘फरवार्ड अफ दि सिजन’ अवार्ड समेत जिते ।

बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते ।

मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।

प्रशिक्षक अफ दि इयर अवार्ड पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ लियोनका जान लुक भासेरले हात पारे ।

महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वल्फ्सबर्गका पेर्निल हार्डरले जितिन् ।

यस्तै उत्कृष्ट गोलकिपर सारा बुहाद्दी , उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान र उत्कृष्ट फरवार्ड पेर्निल हार्डरले जितिन् ।

चेल्सी तथा आइभरी कोस्टका पूर्व फरवार्ड डिडियर ड्रोग्बालाई यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ