८ फरार अभियुक्त पक्राउ

८ फरार अभियुक्त पक्राउ

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

गलकोट , १५ असोज ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आठ फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गोबध मुद्दामा पाँच महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र २२ वर्षीय कृष्णबहादुर नेपालीलाई पक्राउ गरिएको छ । यस्तै सार्वजनिक मुद्दामा रु दुई हजार जरिवानाका जैमिनी–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ ।

यसैगरी आगलागी मुद्दामा जैमिनी–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार विकलाई पाँच महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राउ गरिएको हो । यस्तै जबर्जस्ती करणीमा नौ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राउ गरिएको हो ।

यसैगरी लुटपिट मुद्दामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई रु पाँच हजार जरिवाना, कुटपिट मुद्दामा चार महिना २८ दिन कैद र रु एक हजार ५०० जरिवाना तोकिएका बडिगाड गाउँपालिका, दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र दीपेन्द्र बुढालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

तीस हजार गाँजाको बोट नष्ट
जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका–६ सिपमा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटाइएको प्रहरीले आज करिब ६० रोपनी जग्गामा लगाइएको ३० हजार गाँजाका बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

बागलुङ प्रहरीले केही दिनदेखि अवैध रुपमा रहेको गाँजा र घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । सोअन्तर्गत निसीखोलामा ठूलो मात्रामा गाँजा खेती गरिँदै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरी नष्ट गरिएको रेग्मीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ