माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने, बैंक अफ् काठमाण्डौले कति दिदैछ ?

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने, बैंक अफ् काठमाण्डौले कति दिदैछ ?

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असोज १५ काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांसको घोषणा गर्न थालेका छन् । यस क्रममा माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने भएको छ । यो प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंकले कात्तिक ६ गते, बिहीबार बाइसौँ साधारण सभा गरी उक्त प्रस्ताव पारित गर्ने तयारी गरेको छ । साधारण सभा पोखरामा हुने छ ।

सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले मर्जर, एक्जिसन या वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा पनि सो सम्बन्धि निर्णय गर्ने जिम्मा सञ्चालक समितिलाई दिने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गर्ने भएको छ। यस्तै बैंक अफ् काठमाण्डौंले पनि लाभासंको घोषणा गरेको छ । बैंकले चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

असोज १४ गते बसेको बैंकको १६४ औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुले पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ