सरकारले गरीबलाई नहेरेको भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफै भात बाँड्न तम्सिए सडकमा (तस्वीरहरु )

सरकारले गरीबलाई नहेरेको भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफै भात बाँड्न तम्सिए सडकमा (तस्वीरहरु )

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

असोज १५ काठमाण्डौं । कोरोना माहामारीका कारण भएको लकडाउन र रोजगारी गुमेका धेरै नागरिकको गाँस बासको अत्यन्त समस्या भएको छ । उनीहरु मध्य धेरै भोकै पर्ने स्थिति छ ।
सरकारले शुरुको लकडाउनमा केही चामल दाल वितरण गरे पनि अहिले रोजगारी गुमेका नागरिकहरु पुनः विचल्लिमा परेका छन् ।
यस्तो बेला सरकारले नागरिकका लागि कुनै राहत दिएको छैन भने जनस्तरबाट विभिन्न संघ संस्थाको नाममा सडकमा नागरिकलाई खाना खुवाउने सक्रियता बढेको छ ।
यस्तोमा पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई पनि यो अभियानमा सामेल भएका छन् ।
तस्वीरहरुमा उनी बाल्टीमा भात बोकेर नागरिकहरुलाई बाँड्दै गरेको देख्न सकिन्छ ।
डा. बाबुराम भट्टराईले आफ्नो आधिकारीक फेसबुक पेजमा कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरे पछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ भनेर लेखेका छन् ।
यो अभियान मानवी क्रिएटिभ एसोसिएसनले चलाएको छ र यसमा डा. भट्टराई पनि जोडिएका छन् । उनको यो सक्रियतालाई भने प्रशंसा गरिएको छ ।
तस्वीर बाबुराम भट्टराईको पेजबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी