दशैँतिहार लक्षित सहुलियत पसल आज देखि सञ्चालनमा ;कुन सामानमा कति सम्म छुट?कहाँबाट लिन सकिन्छ सेवा ?

दशैँतिहार लक्षित सहुलियत पसल आज देखि सञ्चालनमा ;कुन सामानमा कति सम्म छुट?कहाँबाट लिन सकिन्छ सेवा ?

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौँ , १५ असोज ।
महानचाड लक्षित सहुलियत पसल सरकारले आजदेखि सञ्चालन गर्दैछ ।

दसैं, तिहार, छठ, ल्होसारलगायत पर्व लक्षित गरी सुपथ मूल्यमा खाद्यान्नलगायत सामग्री विक्री वितरण गर्न काठमाडौं उपत्यकासहित देशैभर असोज १५ गते देखि ल्याउन लागेका हुन्।

यस्ता पसलहरु साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याउनेछन्।

सुपथ मूल्यका यस्ता पसलमा खाद्यान्नलगायत नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायत सामग्री विक्रीमा राखिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मीला केसीले जानकारी दिइन्।
यस्तो सहुलियत पसलहरुमा अरु किराना पसलहरु भन्दा २ रुपैँया देखि १० रुपैँया सम्म छुटको व्यवस्था गरिएको पनि केसीले बताइन् ।

केसीका अनुसार तीनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सरल, सहज एवं सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू बिक्री वितरण गरिने छ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटाका साथै तोकिएका अन्य स्थानमा पसल खुल्ने उनले बताइन्।

त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ।

खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने उनले बताइन्।

यस्तै नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा पाइनेछ ।

सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने मन्त्रालयले जानकारी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ