“आशाको दियो”

“आशाको दियो”

  • बिहिबार, अशोज १५, २०७७
  • बिनोद पोख्रेल

  • 14.1K
    SHARES

अन्धकार बिच बलिरहेको
एउटा आशाको दियो
फैलाउन कोसिस गरिरहेकोछ
सन्नाटा बिच ज्योतिको किरण
म निश्चल हेरिरहन्छु
सदा उज्यालोका फैलियोस् भन्ने
कामना गरी रहन्छु
तर मैले टाढा बाट खालि उसको
चम्केको ज्योति मात्र देख्छु
कहिले धिपधिप गर्छ
कहिले निभेको झैँ भान हुन्छ
तेसलाई सम्हाल्ने तेल थप्ने
तम्सिएका हातहरू पनि देख्दिन
टिम्की काटने कैँची पनि देख्दिन
तर भरोसा र विश्वासले
बलि रहेको छ एउटा आशाको दियो
हावा हुरीको झोक्काले
कहिले निभ्न खोज्छ
साउने झरिमा कहिले भिज्न खोज्छ
उर्लिएको भेलले कहिले बग्न खोज्छ
तर अह कति पनि नडमगाएर
निरन्तर बलि रहन्छ
आशाको दियो जली रहन्छ
मलाई थाहा छ
दियो भित्र बलियो आधार छ
त्यहाँ गतिलो छेकबार छ
स्वार्थ रुपी झोक्काहरुले
आधारहरू डगमगाउन खोज्छन्
छेकबारहरू लरखराउन खोज्छन
तर त्यो ज्योति झनै चम्किएर बल्छ
कतै छाती चिरिएर जल्छन
कतै बेहोसि भएर भएर ढल्छन
कतै थकानले गल्छन
तर पनि आशाको दियो
निरन्तर जली रहन्छ
जली रहनेछ !!
बिनोद पोख्रेल
हाल टेक्सास
०९/२९/२०२०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी