राजस्थानको पिहिलो हार, कोलकता ३७ रनले विजयी

राजस्थानको पिहिलो हार, कोलकता ३७ रनले विजयी

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाइ पराजीत गरेको छ ।
राइडर्सले राजस्थानलाइ ३७ रनले हराएको हो ।

यो संगै राजस्थानले पहिलो हाल स्वीकारोको छ ।

निर्धारीत २० ओभरको खेलमा कोलकताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।

राजस्थानका टम करनले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । जोस बटलरले २१ र राहुल तेवतियाले १४ रन बनाए ।

अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल रहे । कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो ।

कोलकातातर्फ शिवम माभि, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । कोलकाताका ओपनर शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । ३४ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

शुभमन राम्रो लयमा देखिएका थिए तर दोस्रा ओपनर सुनिल नरेन रन बटुल्न संघर्षरत थिए । सुनिलले १५ रनमात्र बनाउन सके । त्यसपछि शुभमनले नितिश राणासँग मिलेर दोस्रो विकेटका लागि ४६ रन बनाए । राणा १० औं ओभरमा २२ रन बनाएर राहुल तेवतियाको शिकार बने । १२ औं ओभरमा जोफ्रा आर्चरले शुभमन गिललाई पेभेलियन फर्काए ।

कोलकाताका कप्तान दिनेश कार्तिक आर्चरको दोस्रो शिकार बने । दिनेशले केबल १ रन बनाउन सके । आन्द्रे रसेलले १४ बलमा ३ छक्काको मद्दतमा २४ रन बटुले । इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा नटआउट रहे ।

राजस्थानका लागि आर्चरले केबल १८ रन दिएर २ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ