असोज १५ काठमाण्डौं । नेपाल वायुसेवा निगमबारे पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममा विदेशी पायलट सम्बन्धि आएका समाचाहरु भ्रामक र तथ्यहिन भन्दै निगमले खण्डन गरेको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै राष्ट्रको आवस्यकता र निर्देशन अनुसार वुहानदेखि विद्यार्थी ल्याउने, विदेशमा अलपत्र नेपाली ल्याउने, औषधी ल्याउने जस्ता कार्यमा निरन्तर जहाजहरु उडान गरिएको बताउदै जहाजहरु पूर्ण क्षमतामा उडान भर्न केही विदेशी प्रशिक्षक पाईलट र को पाईलट नियुक्त गरिएको स्पष्ट पारेको छ ।
यसै गरी विज्ञप्तिमा नेपाली जनशक्तिलाई प्रशिक्षित गर्दै आत्मनिर्भर बनाउन लागिएको र अहिले विदेशी पाईलट कटौती गर्ने र निगमको खर्च कम गर्दै लगिएको पनि जनाईएको छ ।
लकडाउन पछि विदेशी चालकहरुलाई करार सकिएका ७ जनाको नवीकरण नगरिएको, ५० देखि ६० प्रतिशत सुविधा कटौती गरिएको, कतिपयलाई वेतलवी विदामा राखिएको र तलव पनि कटौती गरी खुद तलव ४ हजार अमेरीकी डलर र बसोबास खर्च एक हजार डलर मात्र तोकिएको विज्ञप्तिमा भनिएको छ ।
हाल जम्मा ६ जना विदेशी विमान चालक मात्र रहेको पनि निगमले स्पस्ट पारेको छ ।