बेनी , १४ असोज ।
कोरोना महामारीले निम्त्याएको असरहरुले मानिहरुलाइ धेरै दु :ख दिएको छ । यहाँ सम्मकी कसैले आफ्नो ज्यान समेत गुमाएका छन् ।
यस्तैमा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गाडिएको अवस्थामा एक शव फेला परेको छ । बेलबोटकी ४३ वर्षीया माया सार्कीको शव बुधबार दिउँसो घर नजिकै खाडलमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
महीलाको शव घरदेखि करिब १५ मिटरको दुरीमा गाडिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका लागि प्रहरीले मायाका श्रीमान ३९ वर्षीय वीरबहादुर सार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले बताउनु भयो ।
मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा लगिएको छ ।
मायाका छोराछोरीहरुले प्रहरीलाइ दिएको बयान अनुसार मंगलबार राती अबेरसम्म दुवैजनाले मदिरा सेवन गरेर झगडा गरेका थिए ।
शरीरमा चोटपटक नदेखिए पनि हत्या गरेर खाडलमा गाडेको हुनसक्ने प्रहरी निरीक्षक शर्माको भनाइ छ ।
पछिल्लो समय बलात्कार र हत्याका घटनाहरु दैनिक रुपमा बढ्दै आएका छन् ।